
काठमाडौं, २३ वैशाख। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्दै गर्दा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो ।
निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उहाँले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्ष हुनुहुभएको हो ।
महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उहाँले कार्यभार सम्हाल्नुभएको हो । अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध हुनुहुन्छ । उहाँ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुनुहुन्छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




