
काठमाडौं, २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औँ वार्षिक साधारण सभाले आगामी तीन वर्ष (२०८३–२०८६) का लागि नयाँ नेतृत्व चयन गरेको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ भने निर्वाचनमार्फत चार उपाध्यक्षसहितको नयाँ टिम निर्वाचित भएको छ ।
मुलुकको खस्कँदो अर्थतन्त्र र निजी क्षेत्रको गिर्दो मनोबललाई उकास्ने चुनौतीका बीच आएको यो नयाँ कार्यसमितिलाई उद्योगी व्यवसायीहरूले ठूलो आशा र भरोसाका साथ हेरेका छन् ।
नयाँ पदाधिकारी टोली
नेतृत्व तहमा अनुभव र युवा जोसको सम्मिश्रण देखिएको छ । पदाधिकारीहरूको विवरण निम्न अनुसार छ:
- अध्यक्ष: अञ्जन श्रेष्ठ (निर्देशक, लक्ष्मी ग्रुप)
- उपाध्यक्ष (एसोसिएट): प्रबलजंग पाण्डे
- उपाध्यक्ष (वस्तुगत): नरेशलाल श्रेष्ठ
- उपाध्यक्ष (जिल्ला नगर): कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ
कार्यकारिणी सदस्यहरू: को–को आए नयाँ टोलीमा?
निर्वाचनले विभिन्न क्षेत्रबाट प्रभावशाली व्यावसायिक व्यक्तित्वहरूलाई कार्यसमितिमा ल्याएको छ:
१. एसोसिएट तर्फ (१९ जना)
ठूला औद्योगिक घरानाहरूको वर्चस्व रहेको यस विधामा महिला कोटाबाट जुना माथेमा र अभिज्ञा मल्ल निर्वाचित हुनुभएको छ । अन्य सदस्यहरूमा अम्बिकाप्रसाद पौडेल, इश्वरबहादुर जिसी, ए.उज्जवलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, वटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशिल थापा र हेमन्त गोल्छा रहनुभएको छ ।
२. वस्तुगत तर्फ (१४ सदस्य)
यस समूहबाट सागर ढकाल, अरनिको राजभण्डारी, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट र होमप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । वस्तुगत समूहकै महिला सदस्यमा सुनिता म्हम्हाफुकी निर्वाचित हुनुभएको छ ।
३. जिल्ला–नगर तर्फ (१५ सदस्य र महिला २)
देशभरका ७७ जिल्लाका व्यवसायीहरूको प्रतिनिधित्व गर्दै अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खडुका, सुदर्शन कार्की र हरिप्रसाद अर्याल चुनिएका छन् । जिल्ला–नगर महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई विजयी हुनुभएको छ ।
४. प्रादेशिक तथा अन्य प्रतिनिधित्व
- प्रदेश तर्फ: कोशी (जीवन पराजुली, रमेश विश्वकर्मा), मधेश (अमरनाथ शाह, विकासकुमार सारडा), बागमती (प्रकाश मानन्धर, सविन श्रेष्ठ), गण्डकी (पविन्द्रकुमार श्रेष्ठ, सुविन श्रेष्ठ), लुम्बिनी (यज्ञप्रसाद भट्टराइ, बालकृष्ण सुवेदी), कर्णाली (पदमबहादुर शाही, पुरीचन्द्र देवकोटा) र सुदुरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन् ।
- वस्तुगत महासंघ: विश्वनाथ खनाल र सुनैना घिमिरे ।
नयाँ नेतृत्वको प्राथमिकता र चुनौती
नयाँ कार्यसमितिको काँधमा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने गह्रौँ जिम्मेवारी छ । अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वले आगामी कार्यकालका लागि निम्न मुख्य लक्ष्यहरू अघि सारेको छ:
“मौद्रिक र वित्त नीतिबीच प्रभावकारी समन्वय गरी ब्याजदरमा स्थिरता ल्याउने, आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला व्यवसायीहरूलाई राहत दिलाउने र दोस्रो चरणको आर्थिक सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग दरिलो पैरवी गर्ने हाम्रो मुख्य संकल्प हो ।”
महासंघको सचिवालयलाई थप व्यावसायिक र अनुसन्धानमुखी बनाउँदै आगामी तीन वर्षभित्र ५ लाखभन्दा बढी उद्यमीहरूको हित संरक्षण गर्ने लक्ष्य यो नेतृत्वले लिएको छ ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




