सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ जेठ । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि निष्काशन गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने याे बन्दमुखि योजनाको इकाई खरिदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकाे थियाे । तर मागभन्दा बढी आवेदन परेका कारण सोभन्दा अगावै निष्काशन बन्द गर्न लागिएको छ।

योजनाको मुख्य विशेषताहरू

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यस योजनाको अवधि १० वर्षको रहनेछ।

इकाई बाँडफाँड विवरण:

  • कुल इकाई: १० करोड
  • कोष प्रवर्द्धक (सानिमा बैंक): १ करोड ३० लाख इकाई (१३%)
  • योजना व्यवस्थापक (सानिमा क्यापिटल): २० लाख इकाई (२%)
  • सर्वसाधारणका लागि: ८ करोड ५० लाख इकाई

आवेदन सम्बन्धी जानकारी

लगानीकर्ताले यस फण्डमा न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाई सम्मका लागि आवेदन दिन सक्नेछन्।

कसरी दिने आवेदन?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ (Mero Share) अनलाइन पोर्टल वा एप मार्फत पनि सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

रेटिङ्ग विवरण

यो फण्ड निष्काशनका लागि गरिएको रेटिङ्गमा:

  • कोष प्रवर्द्धक (सानिमा बैंक): केयर रेटिङ्ग नेपालले ‘केयर एनपी सिंगल ए माइनस’ (CARE-NP A-) रेटिङ्ग प्रदान गरेको छ।
  • योजना व्यवस्थापक (सानिमा क्यापिटल): इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस’ (ICRANP AMC Quality 3+) रेटिङ्ग प्रदान गरेको छ।

सानिमा क्यापिटलले यसअघि पनि विभिन्न म्युचुअल फण्ड योजनाहरु सफलताका साथ सञ्चालन गर्दै आएको छ। थप पूँजी परिचालन र लगानी विविधीकरणका लागि यो फण्ड महत्वपूर्ण हुने विश्वास लिइएको छ।