एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

-



     सफल आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित



पाेखरा, २४ बैशाख । पाेखरामा केद्रीय कार्यालय रहेकाे एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन्। बित्तीय संस्थाको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई सो पदमा नियुक्त गरिएकाे हाे।

हाल साेही वित्तीय संस्थाकाे नायव प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा रहेका खड्कालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएकाे छ।

उनीसँग लघुवित्त क्षेत्रमा नेतृत्व तहमा रहेर कार्य गरेकाे करिब २ दशक लामोअनुभव समेत छ । युवा बैकर खड्का लघुवित्त क्षेत्रमा अनुभवी तथा कुशल लिडरका रूपमा परिचित छन।

खड्का एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत भएपछि अब संस्थाले थप प्रगति हासिल गर्ने सञ्चालक समितिले बिश्वास लिएकाे छ ।