नेप्सेमा साढे ३३ लाख कित्ता बोनस सेयर थप

-



     सफल आवाज    
     वैशाख २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता दुईवटा संस्थाको गरी कुल साढे ३३ लाख कित्ताभन्दा बढी बोनस सेयर सूचीकृत भएको छ।

बैशाख २१ गतेदेखि २५ गतेसम्मको कारोबार अवधिमा सपोर्ट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको बोनस सेयर नेप्सेमा थपिएको हो।

यस साता सूचीकृत भएका सेयरहरूको विवरण

१. नागरिक लगानी कोष (CIT)

नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयर वापतको कुल ३२ लाख ४० हजार ८५६ कित्ता सेयर सूचीकृत भएको छ। कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गरेको बोनस अहिले दोस्रो बजारमा कारोबारका लागि योग्य भएको हो।

२. सपोर्ट माइक्रोफाइनान्स (SMFBS)

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। संस्थाको बोनस बापतको १ लाख १६ हजार ३२१.२७६५ कित्ता सेयर नेप्सेमा थपिएको छ।


सेयरधनीलाई जानकारी: यी दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही (डीम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद-बिक्री गर्न सकिनेछ। साताभरमा कुल ३३ लाख ५७ हजार १७७.२७६५ कित्ता बोनस सेयर सूचीकरण प्रक्रिया पुरा भएको नेप्सेले जनाएको छ।