
काठमाडौं, २७ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा यो सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यवद्धता जनाएको हो।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिका मुख्य बुँदाहरू:
- अनिवार्य मूल्यसूची: सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा विक्रेताहरूले आफूले विक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न महासंघले आग्रह गरेको छ।
- अनुगमन र सचेतना: महासंघले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आ–आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिए/नराखिएको सुनिश्चित गर्न निर्देशन दिएको छ।
- व्यावसायिक मर्यादा: बजारमा उपभोक्तालाई ठगी हुन नदिन र स्वस्थ प्रतिस्पर्धा कायम राख्न यो अभियान प्रभावकारी हुने महासंघको ठहर छ।
महासंघले आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू र आबद्ध व्यवसायीहरूलाई सरकारको यस सचेतनामूलक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै अभियानलाई सफल बनाउन समेत विशेष अनुरोध गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




