रिलायबल समृद्धि योजना २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ जेठ। रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि निष्काशन गरेको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ८ गते) अन्तिम दिन बाँकी रहेको छ।

लगानीकर्ताले उक्त योजनाको इकाई खरिदका लागि जेठ १२ गतेसम्म आवेदन दिन सकिने यसअघिकाे व्यवस्था भएपनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ्ग समयपछि निष्काशन बन्द गरिने भएकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यो योजना रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी (Closed-end) योजना हो।

इकाई बाँडफाँडको विवरण

कुल निष्काशन गरिएको १० करोड इकाईमध्ये १५ प्रतिशत इकाई सुरक्षित गरिएको छ भने बाँकी सर्वसाधारणका लागि छुट्याइएको छ:

  • कोष प्रवर्द्धक (रिलायबल नेपाल लाइफ इन्स्योरेन्स): १ करोड ४० लाख इकाई (१४%)
  • योजना व्यवस्थापक: १० लाख इकाई (१%)
  • सर्वसाधारणका लागि: ८ करोड ५० लाख इकाई

लगानीकर्ताले जान्नैपर्ने कुराहरू

  • न्यूनतम आवेदन: १०० इकाई
  • अधिकतम आवेदन: १ करोड इकाई
  • बिक्री प्रबन्धक: रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड

आवेदन दिने प्रक्रिया

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन पोर्टल वा एप प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

क्रेडिट रेटिङ्ग

केयर रेटिङ्ग नेपालले यस निष्काशनका लागि निम्न अनुसारको रेटिङ्ग प्रदान गरेको छ:

  • कोष प्रवर्द्धक: केयर एनपी सिंगल ए माइनस (Care-NP A-)
  • योजना व्यवस्थापक: केयर एनपी एएमसी क्वालिटि ४ प्लस (Care-NP AMC Quality 4+)