
बुडापेष्ट, १७ माघ । हङ्गेरीमा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ । हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
हङ्गेकरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले भने, “राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टीच्युडले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ ।” यस बाहेक हङ्गेरीमा फाइजर बायोएनटेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि यसअघि नै अनुमति दिइ सकिएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा अरु पनि धेरै बैज्ञानिकहरुले खोप विकास गर्ने प्रयास गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार अहिले विश्वभरी २३६ प्रकारका खोप विकास गरिएको छ भने ती मध्ये ६३ ओटा चिकित्सकीय परीक्षणको क्रममा रहेका छन् ।








काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर…
कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु… 




