
काठमाडौं, ३ जेठ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले देशको निर्माण क्षेत्र यतिबेला गम्भीर संकटमा गुज्रिरहेको र जुनसुकै बेला स्वतः ठप्प हुन सक्ने चेतावनी दिएका छन् ।
सरकारले कानुनअनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, काम गरिसकेको अर्बौ रुपैयाँ भुक्तानी रोकेको र व्यवसायीमाथि मानसिक दबाब बढाएका कारण काम गर्न सक्ने स्थिति नरहेको उनले स्पष्ट पारेका छन् ।
अध्यक्ष पाण्डेका अनुसार करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा रहेको मूल्य समायोजनको प्रावधानलाई समेत हटाएर सम्झौता गर्ने गरेका छन् । अहिले आएर कानुनले सुनिश्चित गरेको व्यवस्था पनि कार्यान्वयन नहुँदा व्यवसायीहरूले काम गर्दा घाटा मात्र नभई घरखेत नै गुमाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
एकातिर काम गरेको भुक्तानी नपाउने र अर्कोतिर आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले काम नगरे कालोसूचीमा राख्ने, कारबाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका कारण व्यवसायीहरू गम्भीर मानसिक तनावमा रहेको उनले बताए ।
यो चरम निराशाका कारण जिल्ला-जिल्लाका व्यवसायीहरूले ‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’ भन्ने जस्ता पीडादायी अवस्था व्यक्त गर्न थालेको पाण्डेले उल्लेख गरे ।
व्यवसायीहरूले रहरले ‘कन्स्ट्रक्सन हलिडे’ मागेको नभई राज्यकै नीतिका कारण काम गर्न नसक्ने परिस्थिति निर्माण भएको महासंघको ठहर छ । समस्या समाधानका लागि महासंघले आयोजना प्रमुख, महाप्रबन्धक, सचिव, विभागीय प्रमुखदेखि भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीहरूसँग पटक-पटक छलफल गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुको विकल्प नभएको अध्यक्ष पाण्डेले बताए ।
निर्माण क्षेत्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार रहेको जिकिर गर्दै अध्यक्ष पाण्डेले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढी श्रमिकलाई रोजगारी दिएको र देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा १३ देखि १४ प्रतिशतसम्म योगदान पुर्याएको स्मरण गराए ।
राज्यले देशको विकास निर्माणको जिम्मेवारी बोक्ने आफ्नै नागरिक र प्रमुख जनशक्तिलाई यसरी सखाप पारे भोलि देशको विकास प्रक्रिया नै पूर्ण रूपमा ठप्प हुने तर्फ उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




