
काठमाडौं, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताउनुभएको छ ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष राईले सरकारलाई संसदप्रति जवाफदेही बन्न चेतावनी दिनुभएको हो ।
प्रधानमन्त्री स्वयंले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको उल्लेख गर्दै उहाँले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्नेमा जोड दिनुभयो । विशेष गरी गृह मन्त्रालय मातहत पर्ने सुकुम्बासी बस्ती खाली गराइएको लगायतका संवेदनशील विषयमा प्रश्नहरू उठेकाले त्यसको स्पष्ट जवाफ संसदमा आउनुपर्ने उहाँको माग थियो ।
सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष राईले भन्नुभयो: “हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौ, । यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्वन गरिन्छ भने पनि हामी रेडी (तयार) छौँ ।”
अध्यक्ष राईले सरकारको आलोचना गरेकै आधारमा संसद्बाट निलम्बन गरिए पनि आफूहरू त्यसको सामना गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




