सुनचाँदीकाे भाउ बढ्याे

-



     सफल आवाज    
     जेठ ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ जेठ । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेकाे छ । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरू बताउँछन् ।

चाँदीको मूल्य उचाइमा

सुनसँगै चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । आज चाँदीको मूल्य ५ हजार रुपैयाँको रेखा पार गर्दै प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य आकाशिएपछि कारोबारमा भने मन्दी छाएको व्यवसायीहरूको भनाइ छ । बिहेवारीको लगन नजिकिँदै गर्दा मूल्य अकासिँदा उपभोक्ता मारमा परेका छन् ।

बजारको संक्षिप्त अवस्था:

  • सुनको आजको मूल्य: रु २,९३,८०० (प्रतितोला)
  • सुनमा आजको वृद्धि: रु १,८००
  • चाँदीको आजको मूल्य: रु ५,०५० (प्रतितोला)
  • चाँदीमा आजको वृद्धि: रु ९०