मुक्तिनाथ विकास बैंकको १ लाख ५६ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

- सर्वसाधारणले पनि आवेदन दिन पाउने

-



     सफल आवाज    
     जेठ ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले कुल १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र नभई अन्य इच्छुक सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूले समेत आवेदन दिन पाउने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

सेयरको मूल्य र आवेदन सीमा

बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिसेयर १३५ रुपैयाँ तोकेको छ । लगानीकर्ताहरूले बोलपत्र पेश गर्दा प्रतिसेयर न्यूनतम १३५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि १० को गुणांकमा (जस्तै: २५,०१०, २५,०२०…) वा कुल कित्ताका लागि माग गर्न सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिने समय र स्थान

इच्छुक लगानीकर्ताहरूले जेठ ७ गतेदेखि जेठ १४ गतेभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र दररेट स्पष्ट खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

मुख्य विवरणहरू:

  • कुल बिक्री कित्ता: १,५६,२८३ कित्ता (संस्थापक सेयर)
  • न्यूनतम मूल्य: रु. १३५ (प्रतिसेयर)
  • न्यूनतम आवेदन कित्ता: २५,००० कित्ता
  • आवेदन दिने अवधि: २०८३ जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म
  • बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँ