कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ जेठ । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि याे चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको कुल ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता शेयर बाँडफाँट गरिसकिएको छ। साथै, सामूहिक लगानी कोषलाई १ लाख ९५ हजार कित्ता र कर्मचारीहरूलाई १ लाख ५ हजार कित्ता शेयर छुट्ट्याएर बाँडफाँट भइसकेको छ।

अहिले दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कसरी र कति दिने आवेदन?

  • न्यूनतम र अधिकतम कित्ता: लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
  • मुल्य: प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
  • निष्काशन बन्द हुने मिति: यो आईपीओमा छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ।
  • आवेदन दिने माध्यम: नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सकिन्छ। साथै, सीडीएससीको ‘मेरो शेयर’ (Mero Share) अनलाइन सफ्टवेयरमार्फत पनि सजिलै आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आयोजनाको अवस्था र वित्तीय सूचक

कालंगा हाइड्रो लिमिटेडले १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यस आयोजनासँग सम्बन्धित मुख्य विवरणहरू यस प्रकार छन्:

विवरणसूचक / तथ्याङ्क
कुल लागतरु ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१०.०३
प्रतिमेगावाट लागतरु २८ करोड ३० लाख ६२ हजार १२०.६८
व्यापारिक उत्पादन सुरु२०७९ माघ २७ गतेदेखि
विद्युत अनुमतिपत्र अवधि२५ वर्ष १ महिना बाँकी
साधारण लगानी फिर्ता हुने अवधि (Payback Period)९.२९ वर्ष
डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि१८.०१ वर्ष

कम्पनीको रेटिङ्ग: केयर रेटिङ्ग नेपालले यस निष्काशनका लागि कम्पनीलाई ‘केयरएनपी डबल बी’ (CARE-NP BB) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ।