
काठमाडौं, ८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को रिक्त वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान भारी मतका साथ विजयी हुनु भएकाे छ।
महासंघको केन्द्रीय कार्यालयमा आज भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँहरू आ-आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित हुन भएकाे हाे ।
वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गर्नुभयाे भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र संघईले ३० मत मात्रै प्राप्त गर्नुभयाे ।
यसअघि चुनावी मैदानमा रहेका अर्का उम्मेदवार हेमराज ढकालले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघईबीच मात्रै सिधा प्रतिस्पर्धा भएको थियो।
निर्वाचन परिणाम एक नजरमा:
- वरिष्ठ उपाध्यक्ष:
- सुरकृष्ण वैद्य – ५६ मत (विजयी)
- रामचन्द्र संघई – ३० मत
- कोषाध्यक्ष:
- मनिषलाल प्रधान – ६१ मत (विजयी)
- अम्बिका प्रसाद पौडेल – २५ मत
महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान भारी मतका साथ विजयी हुनु भएकाे छ। प्रधानले ६१ मत ल्याएर नेतृत्व सुरक्षित गर्दा उहाँका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले जम्मा २५ मतमा चित्त बुझाउनु पर्यो।
महासंघको रिक्त पदपूर्तिका लागि आजै मतदान भएको थियो, जसमा देशभरका प्रतिनिधिहरूले काठमाडौँ आइपुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए। नयाँ नेतृत्वको चयनसँगै महासंघले निजी क्षेत्रका एजेन्डाहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने विश्वास उद्योगी व्यवसायीहरूले लिएका छन्।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




