
काठमाडौं, ११ जेठ। साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा हरियाली छाएको छ। अघिल्लो हप्ताको अन्तिम कारोबार दिन गत शुक्रबार बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ। नेप्से सूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८५ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले सकारात्मक रहे।
कारोबार रकम झण्डै ६ अर्ब
परिसूचकसँगै यस दिन बजारमा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा यस दिन कारोबार रकम बढेर झण्डै ६ अर्ब रुपैयाँ पुगेको छ।
आइतबार ३४२ वटा कम्पनीको ७५ हजार ८५६ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
थ्रीस्टारको मूल्य सबैभन्दा धेरै बढ्यो, बुंगल हाइड्रोका लगानीकर्ताले गुमाए
यस दिन थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.०१ प्रतिशतले वृद्धि भएको छ। यस्तै, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य करिब साढे ८ प्रतिशतले बढ्दा अप्पर हेवाखोला हाइड्रोपावर र माया खोला हाइड्रोपावरको सेयर मूल्य पनि करिब साढे ५ प्रतिशतले बढेको छ।
यता, बजार बढे पनि बुंगल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक १०.३२ प्रतिशतले घटेको छ।
आँखु खोलाको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। सो कम्पनीको मात्रै ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै, रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँ र अपि पावर कम्पनीको १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
म्युचुअल फण्ड बाहेक सबै उपसमूहमा हरियाली
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको मात्र घटेको छ।
आइतबार जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ। त्यस्तै होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन सामान्य अंकले घटेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




