प्रतिनिधिसभा बैठक-विधेयकहरूमाथि छलफल (Live)

-



     सफल आवाज    
     जेठ १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ जेठ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (जेठ १२ गते) बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विभिन्न नयाँ विधेयकहरू प्रस्तुत हुने तथा संसोधन विधेयकहरूमाथि दफाबार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

आजको बैठकका मुख्य कार्यसूचीहरू:

  • पर्यटन विधेयक, २०८१: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्‌मा प्रस्तुत गर्नुहुनेछ ।
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१: प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
  • निर्वाचन तथा मतदाता नामावली सम्बन्धी विधेयकहरू: आजकै बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफलका साथै ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

चालु अधिवेशनमा राष्ट्रिय महत्त्वका यी विधेयकहरूमाथि सघन छलफल हुने र कानुन निर्माणको प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।