स्नो रिभर्सको आईपीओ बाँडफाँट: ७७ हजार ८१२ जनाले पाए १० कित्ताका दरले शेयर

-



     सफल आवाज    
     जेठ १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ जेठ। स्नो रिभर्स लिमिटेडको साधारण शेयर (आईपीओ) आज (जेठ १२ गते, मंगलबार) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो । यो कुल ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको शेयर हो ।

गोलाप्रथाबाट भाग्यमानीको चयन, यसरी भयो बाँडफाँट:

  • १० कित्ताका दरले शेयर पाउने: मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा (लटरी) प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ । जसअनुसार कुल ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
  • थप १ कित्ता (कुल ११ कित्ता) पाउने: यसरी १० कित्ताका दरले बाँडफाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर, १० कित्ताभन्दा बढी शेयरका लागि आवेदन दिने लगानीकर्ताहरुमाझ थप १ कित्ताका दरले बाँडफाँट गरिएको छ । जसअनुसार ५ जना भाग्यमानी आवेदकले ११ कित्ता शेयर प्राप्त गर्न सफल भएका छन् ।

आईपीओको नतिजा कसरी हेर्ने ?

लगानीकर्ताहरुले आईपीओ बाँडफाँटको नतिजा केही समयपछि निम्न माध्यमबाट हेर्न सक्नेछन्: १. सिडिएस एण्ड क्लियरिङको आधिकारिक वेबसाइट: २. बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट ३. स्नो रिभर्स लिमिटेडको आफ्नै आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

निष्काशन गरिएको कुल कित्ता थोरै भएकाले यस आईपीओमा आवेदन दिने बहुसंख्यक लगानीकर्ताको हात खाली भएको छ ।)