माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     असार ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ असार । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर बाँडफाँट गरिसकेपछि याे दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे ।

आईपीओ सम्बन्धी मुख्य विवरण:

  • सर्वसाधारणका लागि सेयर संख्या: १४ लाख २७ हजार ६०० कित्ता
  • कुल रकम: १४ करोड २७ लाख ६० हजार रुपैयाँ
  • अंकित मूल्य: प्रतिसेयर १०० रुपैयाँ
  • न्यूनतम आवेदन: १० कित्ता
  • अधिकतम आवेदन: १० हजार कित्ता
  • निष्काशन बन्द हुने मिति: छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते

कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता स्थानीयलाई, १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ३४ हजार ४०० कित्ता कर्मचारीलाई र ८६ हजार कित्ता सामूहिक लगानी कोषलाई यसअघि नै बाँडफाँट गरिसकिएको छ। बाँकी रहेको सेयर अहिले सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

आयोजना र वित्तीय अवस्थाको संक्षिप्त झलक:

विवरणविस्तृत जानकारी
आयोजनाको नाम१२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजना
कुल लागत२ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ
प्रतिमेगावाट लागत१९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा
विद्युत अनुमतिपत्र अवधि२८ वर्ष ९ महिना बाँकी
साधारण लगानी फिर्ता अवधि६.४० वर्ष (डिस्काउण्टमा ८.९४ वर्ष)
कम्पनीको रेटिङ्गकेयरएनपी डबल बी प्लस (CareNP BB+) – मध्यम जोखिम

कसरी आवेदन दिने?

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ (Mero Share) अनलाइन सफ्टवेयरमार्फत पनि सजिलै आवेदन दिन सकिनेछ।