
काठमाडौं, २७ जेठ। एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि निष्काशन आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारण लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यसअघि ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई र १५ हजार ८०० कित्ता कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो । प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
आवेदन विवरण:
- न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
- आवेदन दिने अन्तिम मिति जेठ २७ गतेसम्म छ । पूर्ण आवेदन नपरेमा अवधि असार ५ गतेसम्म लम्बिन सक्नेछ ।
- शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर अनलाइनमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ रेटिङमा केयर रेटिङ्स नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




