
काठमाडौं, २२ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बिहीबार बैंक तथा वित्तीय संस्थाबाट ७० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
राष्ट्र बैंकले जारी गर्न लागेको यो निक्षेप संकलन उपकरणको अवधि ७७ दिन रहनेछ। उक्त उपकरणको साँवा तथा ब्याज रकम आगामी भदौ ५ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट रकम खिचिरहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




