पाैने ३ अर्बकाे आईपीओ आउँदै, ६ कम्पनीले दिए आवेदन

-



     सफल आवाज    
     जेठ २३ गते २०८३ मा प्रकाशित



काठमाडौं, २३ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न क्षेत्रका थप ६ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्।

यी कम्पनीहरूले पूँजी बजारमार्फत कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने योजना बनाएका हुन्।

बोर्डमा आवेदन दिने कम्पनीहरूमा जलविद्युत, उत्पादन तथा प्रशोधन र कृषि क्षेत्रका रहेका छन्। ६ वटा कम्पनीले संयुक्त रूपमा २ करोड ७८ लाख ३४ हजार ५३१ कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन्।

आवेदन दिने कम्पनी र प्रस्तावित सेयर विवरण:

कम्पनीको नामक्षेत्रसेयर कित्ताबिक्री प्रबन्धक
राजेश मेटल क्राफ्ट्स लिमिटेडउत्पादन६०,००,०००नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड
रघुगंगा हाइड्रोपावर लिमिटेडजलविद्युत१,५०,००,०००एनआईसी एसिया क्यापिटल
प्रिमियर डिस्टिलरी लिमिटेडउत्पादन२२,५०,०००सिद्धार्थ क्यापिटल लिमिटेड
सुपर हेवा पावर कम्पनी लिमिटेडजलविद्युत१९,२५,०००लक्ष्मी सनराइज क्यापिटल लिमिटेड
युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडकृषि१६,५०,०००प्रभु क्यापिटल लिमिटेड
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडउत्पादन१०,०९,५३१लक्ष्मी सनराइज क्यापिटल लिमिटेड

निष्कासन प्रक्रियाको अवस्था

राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना र युवरानी एग्रोले २०८३ जेठ ७ गते आवेदन दर्ता गराएका हुन् भने प्रिमियर डिस्टिलरीले जेठ ८ गते बोर्डमा निवेदन दिएको हो। जलविद्युत क्षेत्रका सुपर हेवा पावर र रघुगंगा हाइड्रोपावरले पनि स्थानीय बासिन्दा र सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका छन्।

हाल यी सबै आवेदनहरू धितोपत्र बोर्डको प्रारम्भिक समीक्षा चरणमा रहेका छन्। बोर्डले कागजात र प्रक्रियाको अध्ययन गरी अन्तिम स्वीकृति दिएपछि मात्र यी कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछन्।