
काठमाडौं, २५ जेठ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले आफ्ना शेयरधनीहरुलाई यो वर्ष पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
जेठ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश (बोनस शेयर वा नगद लाभांश) वितरण नगर्ने निर्णय गरेको हो।
यसका साथै, सोही बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि संस्थाले वार्षिक साधारण सभा आह्वान गर्नेछ।
हालसम्म वितरण गरेको छैन लाभांश
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि लघुवित्तका शेयरधनीहरूको हात खाली हुने भएको छ। २०७९ असोजदेखि धितोपत्र दोस्रो बजार (नेप्से) मा कारोबार सुरु भएको यस लघुवित्तले हालसम्म आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन।
यद्यपि, लाभांश वितरण नगर्ने भए तापनि दोस्रो बजारमा यसको शेयर मूल्य भने बलियो देखिएको छ। गत साता नेप्सेमा यस लघुवित्तको अन्तिम शेयर कारोबार प्रतिशेयर १,११४ रुपैयाँ ९० पैसामा भएको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस लघुवित्तको कुल २५ लाख कित्ता शेयर सूचीकृत छ।
वित्तीय सूचक कस्तो छ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको वित्तीय सूचकहरू सन्तोषजनक देखिएका छन्:
- प्रतिशेयर आम्दानी (EPS): ५२ रुपैयाँ ५३ पैसा
- प्रतिशेयर नेटवर्थ: १५७ रुपैयाँ ८४ पैसा
वित्तीय सूचकहरू बलियो रहे पनि संस्थाले व्यवसाय विस्तार र जगेडा कोष मजबुत बनाउनका लागि यस वर्ष लाभांश वितरण नगर्ने रणनीति लिएको बुझिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




