
काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको एक अभिव्यक्तिको विरोध गर्दै पाँच मिनेट मौनधारण गरेका छन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईको आग्रहमा प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत अन्य विपक्षी दलका सांसदहरूले संसदभित्रै उठेर मौनधारण गरेका हुन् ।
राष्ट्रियता र शहीदको सम्मानमा मौनधारण
सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय उपलब्ध गराएपछि कांग्रेस सचेतक राईले प्रधानमन्त्री शाहले दिएको ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको कडा विरोध जनाएका थिए । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले मुलुकको सार्वभौमिकतामाथि आँच पुर्याएको दाबी गरे ।
राईले देश जोगाउन आफ्नो जीवन आहुति दिने शहीदहरूको सम्मान र राष्ट्रियताको रक्षाका लागि भन्दै आफ्ना सांसदहरूलाई ५ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।
कांग्रेस सांसदहरू उठेर मौनधारण गर्न थालेपछि बैठकमा उपस्थित अन्य विपक्षी दलका सांसदहरूले समेत उठेर उनीहरूलाई साथ दिएका थिए ।
सभामुखको आपत्ति: “संसदको मर्यादा उल्लंघन भयो”
विपक्षी सांसदहरूले आफैँ समय तोकेर मौनधारण गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त शैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । सभामुखले चलाउनुपर्ने सदन सांसदहरू आफैँले स्वविवेकमा चलाएर संसदको नियमावली र मर्यादा उल्लंघन गरेको सभामुख अर्यालको तर्क थियो ।
सभामुख अर्यालले सांसदहरूलाई सचेत गराउँदै भने: “शहीदप्रति हामी सबैको सम्मान छ, यसमा दुईमत छैन। तर, प्रतिनिधिसभा सभामुखले सञ्चालन गर्दैगर्दा माननीय सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँले समय तोकेर जुन किसिमको काम गर्नुभयो, त्यसले सभाको अपमान भएको छ । यसप्रति म संसद्को ध्यानाकर्षण गराउँछु र मर्यादित बन्न सचेत गराउँछु।”
प्रधानमन्त्रीको राष्ट्रियतासँग जोडिएको अभिव्यक्तिलाई लिएर सदनमा भएको यो अप्रत्याशित कार्य र सभामुखको आपत्तिले गर्दा प्रतिनिधिसभा बैठक केही समय तरंगित बनेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




