
काठमाडौं, २७ जेठ। आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकाससम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन १० लाई अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई ८० भन्दा बढी देशहरूले समर्थन गरेका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार सभ्यताबीचको संवादले भेदभाव, पूर्वाग्रह र गलत धारणाहरू हटाउन सहयोग पु¥याउँछ ।
साथै यसले विभिन्न राष्ट्र, संस्कृति र समुदायबीच विश्वास, समझदारी र मित्रवत् सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिका लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ । यस अवसरमा सभ्यतागत विविधतालाई मानवजातिको साझा सम्पत्तिका रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तरसांस्कृतिक संवादलाई थप सुदृढ बनाउन विश्व समुदायलाई आह्वान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घले विविध सभ्यता र संस्कृतिबीचको सहकार्यले थप शान्तिपूर्ण, समावेशी र समृद्ध विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




