इप्पान निर्वाचन-खतिवडाको प्यानल घोषणा (सूचीसहित)

-



     सफल आवाज    
     जेठ २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नयाँ नेतृत्वका लागि बलराम खतिवडाको प्यानल घोषणा गरिएको छ।

यही जेठ २९ गते हुने निर्वाचनका लागि वर्तमान महासचिव समेत रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार खतिवडाले आफ्नो बलियो टिमसहित उम्मेदवारी घोषणा गरेका हुन्।

घोषित प्यानल अनुसार उपाध्यक्षहरूमा हालका उपाध्यक्ष भरत बहादुर खत्री र भरत प्रसाद नेपाल दोहोरिने भएका छन् भने कुमार खरेल र इन्जिनियर विपक पौडेलले पनि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। त्यस्तै, महिला उपाध्यक्षमा सिर्जना खड्कालाई अघि सारिएको छ।

संस्थाको जिम्मेवार पद महासचिवमा हालका उपमहासचिव प्रकाशचन्द्र दुलालले उम्मेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्ष पदका लागि इन्जिनियर मिथुन पौडेल मैदानमा उत्रिएका छन्।

खतिवडा समूहको प्यानल विवरण :

पदाधिकारी उम्मेदवारहरू:

  • वरिष्ठ उपाध्यक्ष: बलराम खतिवडा
  • उपाध्यक्षहरू: भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, ई. विपक पौडेल
  • महिला उपाध्यक्ष: सिर्जना खड्का
  • महासचिव: प्रकाशचन्द्र दुलाल
  • सचिवहरू: कृष्ण प्रसाद घिमिरे, राता बहादुर इस्बो लिम्बु, ई. बरेन्द्र बहादुर मल्ल, इशा श्रेष्ठ
  • महिला सचिव: संगीता धमाला
  • कोषाध्यक्ष: ई. मिथुन पौडल

सदस्य उम्मेदवारहरू:

  • सोमनाथ कँडेल
  • डा. भुषण गुरागाई
  • सन्तोषराज नेपाल
  • मिलन खड्का
  • जगदिश शिवाकोटी
  • सिए नारायण कँडेल
  • सुकुन्द ओझा
  • ज्योति गैरे
  • इन्दिरा पन्त
  • प्रदिप ओली

ऊर्जा उद्यमीहरूको छाता संगठन इप्पानको यो निर्वाचनलाई राष्ट्रिय गौरवका जलविद्युत तथा ऊर्जा आयोजनाहरूको प्रवर्द्धन र नीतिगत सुधारका दृष्टिकोणले निकै चासोका साथ हेरिएको छ।