
काठमाडौं, २८ जेठ। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्दा बढीको सेयर सूचीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार नेप्सेमा कुल १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकरण भएको हो।
तथ्यांक अनुसार सूचीकृत सेयरमध्ये साधारण सेयर (आईपीओ) को हिस्सा सबैभन्दा ठुलो छ। यस अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको आईपीओ सूचीकृत भएको छ।
कुन क्षेत्रको सेयर कति सूचीकृत ?
- साधारण सेयर (आईपीओ): ४५ अर्ब ५४ करोड रुपैयाँ
- बोनस सेयर: ४० अर्ब ३३ करोड रुपैयाँ
- म्युचुअल फन्ड: २७ अर्ब ५० करोड रुपैयाँ
- हकप्रद (राइट) सेयर: ९ अर्ब ६४ करोड रुपैयाँ
- डिबेन्चर (ऋणपत्र): ३ अर्ब ४५ करोड रुपैयाँ
- एफपीओ (FPO): ९७ करोड १७ लाख रुपैयाँ
- अन्य: २ करोड २९ लाख रुपैयाँ
धितोपत्र बोर्डद्वारा ४१ अर्ब ५३ करोडको निष्कासन अनुमति
समीक्षा अवधिमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर निष्कासनका लागि अनुमति दिएको छ। जसअन्तर्गत २७ अर्ब २३ करोडको म्युचुअल फण्ड, ९ अर्ब १२ करोडको साधारण सेयर, ४ अर्ब ९४ करोडको हकप्रद सेयर, २० करोडको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ रहेका छन्।
वैशाख मसान्तसम्ममा नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
सूचीकृत कम्पनी संख्या २९४ पुग्यो, बजारमा बैंक र बीमाकै दबदबा
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या गत वर्षको वैशाखमा २७१ रहेकोमा यस वर्ष बढेर २९४ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी संख्या र बजार हिस्सा बैंक, वित्तीय संस्था र बीमा कम्पनीकै रहेको छ।
कम्पनीहरूको वर्गीकरण र बजार पुँजीकरणको हिस्सा:
| समूह | कम्पनी संख्या | बजार पुँजीकरण हिस्सा (%) |
| बैंक, वित्तीय संस्था र बीमा | १३३ | ५०.७% |
| जलविद्युत् कम्पनी | १०३ | १७.५% |
| उत्पादन तथा प्रशोधन उद्योग | २८ | ८.८% |
| होटल | ९ | ३.३% |
| लगानी (इन्भेष्टमेन्ट) कम्पनी | ७ | ६.९% |
| व्यापारिक संस्था | ४ | ४.६% |
| अन्य समूह | १० | ८.३% |
| कुल | २९४ | १००% |
तथ्यांक अनुसार कुल बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा क्षेत्रको हिस्सा आधाभन्दा बढी (५०.७ प्रतिशत) रहेकाले नेपालको सेयर बजारमा अझै पनि वित्तीय क्षेत्रकै वर्चस्व रहेको देखिन्छ। द्रुत गतिमा बढिरहेको जलविद्युत् क्षेत्र १७.५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा कायम छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




