
पोखरा, ३० जेठ । कास्की पोखरा हस्तकला संघ र पोखरा महानगरपालिका वडा नं १७ को आयोजना संचालित तीन दिने मैनबत्ती बनाउने तालिम सकिएको छ ।
महिलालाई आर्थिक आर्जन, स्वआर्जन र उद्यमशील बनाउन “सिप सिकौं, आत्मर्भिर बनौं” भन्ने मूल नाराका साथ विरौटाचोकस्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा आयोजना गरिएको तालिममा ५० जना महिला दिदिबहिनीको सहभागिता रहेको थियो ।
जेठ २७ गतेदेखि २९ गतेसम्म संचालित तालिममा स्वस्तिक हस्तकला बगरका दुई प्रशिक्षक रत्न कुमारी शाक्य तथा लक्ष्मी गुरुङले प्रशिक्षण दिनुभएको कास्की हस्तकला संघ तथा स्वस्तिक हस्तकला उद्योगका प्रमुख सीता गुरुङले जानकारी दिनुभयो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं १७ का अध्यक्ष राधीका शाहीले महिलालाई आत्मनिर्भर बनाउन, उद्यमशिल र स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भविष्यमा पनि वडाबाट महिलालाई आत्मनिर्भर बनाउने तालिमहरुलाई प्राथमिकतामा राख्ने बताउनु भयो । अध्यक्ष शाहीले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै वडाको तर्फबाट उत्पादनमा जोदिनका लागि आवश्यक पर्ने औजार, मेसिन तथा कच्चा पदार्थको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष सीता गुरुङले मैनबत्ती बनाउने तालिममा लगनशिल भएर दिदीहिनीले सीप आर्जन गरेको र अब त्यसलाई व्यवहारमा उतार्न सुझाउनु भयो । हामी पनि स सानो कामबाट अगाडी बढ्दै उद्योग स्थापनाको चरणसम्म आएका हौं । उहाँले भन्नुभयो, “अब तपाँहरुको पालो हो कसैको हात नसमाई स्वरोजगार बन्ने ।”
तपाँईहरुले मैनबत्ती बनाउने मात्रै सिक्नु भएन । विभिन्न प्रकारका डिजाईनमा बनाउन सकिने, मठ, मन्दिर वा कोठामा बाल्दा पनि हरर बासना आउने मैनबत्ती बनाउने सीप पनि सिक्नु भएको छ । हाम्रो ठाउँ पर्यटकीय राजधानी पनि भएकोले यो क्षेत्रमा यस्ता मैन बत्तीको बजारिकरणको संभावना प्रचुर रहेको बताउनु भयो । उहाँले उत्पादनमा लाग्न आग्रह गर्दै आवश्यक प्राविधिक सहयोगको लागि संघ तयार रहेको बताउनु भयो ।
वडा नं १७ का वडा सदस्य विक्रम गुरुङले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै भविष्यमा पनि आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सीप सिक्नु भएको छ । अब उत्पादनमा जानुस् र बजारिकरणको बेलामा बधाई दिन आउनेछु ।”

संघकी संस्थापक अध्यक्ष हिरा भट्टराइले ७ जनाबाट सुरु गरिएकाे संघकाे १६ वर्षकाे यात्रामा हाल ५० जना उद्यमी जाेडिएकाे बताउनु भयाे । हालै नेपाल उद्याेग वाणिज्य महासंघकाे केन्द्रिय सदस्य बन्नु भएकी भट्टराइले महिला उद्यमशिल बनाउन सहयाेग रहने बताउनु भयाे । उहाँले पद्मावती हस्तकला उद्याेगले महिला उद्याेगीलाई हाैसला बढाउनका लागि पद्मावती अवार्डकाे व्यवस्था गरेकाे बताउनु भयाे ।
प्रशिक्षक लक्ष्मी गुरुङले तीन दिनको तालिम फलदायी भएको बताउँदै चुलौचौको छोडेर भएपनि बिहानदेखि साँझसम्म तालिममा तल्लिन हुनुभएका दिबिहिनीहरु आगामी दिनमा उद्यमी बनेर आउनेमा शंका नभएको बताउनु भयो । उहाँले भन्नुभयो, तपाँईको लगनशिलता र अनुशासित सिकाईको प्रतिफल मीठो हुनेछ ।

तालिमको लागि हल उपलव्ध गराउनु भएकी घले हस्तकला केन्द्रकी प्रमुख ऋतु घलेले आगामी दिनहरुमा पनि यस्ता तालिमको लागि दिदिबिहनीहरु जगरुक हुनुपर्ने बताउनु भयो । आफ्नो तर्फबाट र घले हस्तकला केन्द्रको तर्फबाट सघाउन तयार रहेको बताउनु भयो ।
कार्यक्रममा तालिम अवधिभरी लगनशलि, मेहनत र अनुशासनमा रहेर सीप सिकेका ज्योती गुरुङ, लक्ष्मी सुवेदी, सविता गुरुङ, मीना तुलाचन र सुस्मा गुरुङलाई उपहार प्रदान गरिएको थियो । संघकी सचिव पम्फा थापाले संचालन गरेको कार्यक्रको अध्यक्षता संघकी अध्यक्ष सीता गुरुङले गर्नुभएको थियो ।













पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




