
काठमाडौं, २ असार । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ ।
सोमबार प्रतितोला रु दुई लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९८ हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु पाँच हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९९० निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




