प्राइम बैंकले पायाे ३ अर्बको ऋणपत्र निष्कासनकाे अनुमति

-



     सफल आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ असार। प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बोर्डले बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाउनेछ।

कसरी हुनेछ ऋणपत्रको बिक्री?

बैंकले निष्कासन गर्न लागेको कुल ३० लाख इकाइ ऋणपत्रमध्ये:

  • व्यक्तिगत तबर (प्राइभेट प्लेसमेन्ट): १८ लाख इकाइ ऋणपत्र बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्था तथा व्यक्तिगत रूपमा बिक्री गर्नेछ।
  • सर्वसाधारणका लागि (पब्लिक इस्यु): बाँकी १२ लाख इकाइ ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

ऋणपत्रका मुख्य विशेषताहरू:

  • ऋणपत्रको नाम: प्राइम बैंक डिबेन्चर २०९३
  • कुल रकम: ३ अर्ब रुपैयाँ
  • अवधि: १० वर्ष
  • ब्याजदर: वार्षिक ६.२५ प्रतिशत
  • अंकित मूल्य: प्रतिइकाइ १ हजार रुपैयाँ

बिक्री प्रबन्धक: प्राइम बैंकको यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ। बैंकले छिट्टै नै ऋणपत्र निष्कासनको मिति तय गरी सर्वसाधारणका लागि आह्वानपत्र जारी गर्ने जनाएको छ।

ऋणपत्र भनेको के हो?

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।