कालिका लघुवित्तकाे ‘माइक्राेफाइनान्स फिल्ड एक्सिलेन्स तालिम’ सम्पन्न

-



     सफल आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित



पोखरा, ९ असार । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘माइक्राेफाइनान्स फिल्ड एक्सिलेन्स तालिम’ सम्पन्न गरेकाे छ। वित्तीय संस्थाकाे बिभिन्न शाखामा कार्यरत फिल्ड कर्मचारीका लागी उक्त तालिम अायाेजना गरिएकाे हाे ।

लेकसाइडकाे राेयल गार्डेन रिसाेर्टमा सम्पन्न उक्त तालिम कार्यक्रमको अध्यक्षता तथा कार्यक्रमको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए।

कार्यक्रममा कालिका लघुवित्तमा जाेडिएका फिल्ड कर्मचारीले गर्नुपर्ने नियमित कार्य र उनिहरूकाे जिम्मेवारीका बिषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पाण्डे लगायत बिभिन्न बिषयगत बिभागका सिनियर कर्मचारीले तालिममा सहजिकरण गरेका थिए ।

उक्त फिल्ड एक्सिलेन्स तालिममा देशभरका बिभिन्न शाखाहरूबाट ३६ जना फिल्ड कर्मचारीकाे सहभागीता रहेकाे बताइएकाे छ ।