
विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ३ अर्ब ५६ करोड ४७ लाख बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाको अनुमतिमा उपप्रमुख शिल्पा निराला कार्कीले सो बजेट सार्वजनिक गर्नुभएको हो।
आयको अनुमान र वित्तीय स्रोतहरू
महानगरले विभिन्न सरकारी अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई बजेटको मुख्य स्रोत बनाएको छ:
- सङ्घीय सरकारबाट हस्तान्तरण: वित्तीय समानीकरण अनुदान रु ३३ करोड ४३ लाख, सशर्त अनुदान (चालु) रु ७३ करोड २९ लाख र सशर्त अनुदान (पुँजीगत) रु ५६ लाख गरी कुल रु १ अर्ब ७ करोड २८ लाख।
- प्रदेश सरकारबाट हस्तान्तरण: वित्तीय समानीकरण अनुदान रु ३ करोड ६२ लाख ५० हजार, सशर्त अनुदान (चालु) रु ४ करोड १ लाख २४ हजार र सशर्त अनुदान (पुँजीगत) रु ६ करोड ६३ लाख गरी जम्मा रु १४ करोड २६ लाख ७४ हजार।
- राजस्व बाँडफाँट: सवारीसाधन करबापत रु ३ करोड ८ लाख, मनोरञ्जन कर रु ४० लाख, विज्ञापन कर रु ६० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ६७ करोड ९५ लाख ७९ हजार, मूल्यअभिवृद्धि करबाट रु १५ करोड ३९ लाख २८ हजार र अन्तःशुल्कबापत रु ५ करोड १३ लाख ९ हजार गरी कुल रु ९२ करोड ५६ लाख १८ हजार।
- आन्तरिक तथा अन्य आय: आन्तरिक आयतर्फ रु १ अर्ब २७ करोड २० लाख ८ हजार, विभिन्न सङ्घसंस्था अनुदानबापत रु १ करोड १६ लाख र बैंक मौज्दातबापत रु १४ करोड।
क्षेत्रगत व्ययको अनुमान (खर्चको विवरण)
महानगरपालिकाले पूर्वाधार, सामाजिक विकास र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ:
१. पूर्वाधार विकास: रु १ अर्ब ६० करोड ३९ लाख ३२ हजार
- नगरस्तरीय योजना तथा कार्यक्रमका लागि: रु ६० करोड
- वडास्तरीय योजनातर्फ: रु ४३ करोड ५६ लाख ३२ हजार
- बहुवर्षीय ठेक्का तथा दायित्व सरी आएका योजनामा: रु २५ करोड
- बहुवर्षीय तथा गैरवका आयोजनामा: रु १५ करोड
- म्याचिङ फण्डका लागि: रु १ करोड
- सडक बोर्ड र विद्युत् क्षेत्रतर्फ: १/१ करोड (जम्मा रु २ करोड)
- सहरी विकास घर नक्सा इजाजत र भूउपयोग कार्यक्रम: रु ६३ लाख
२. सामाजिक विकास: रु २६ करोड ५० लाख ५९ हजार
- शिक्षा क्षेत्र: रु १० करोड ९ लाख २८ हजार
- स्वास्थ्य क्षेत्र: रु ७ करोड ३ लाख ९० हजार
- सङ्घसंस्था अनुदान: रु ६ करोड ३१ लाख ७० हजार
- महिला तथा बालबालिका विकास: रु १ करोड १४ लाख ६० हजार
- अपाङ्गता, ज्येष्ठ नागरिक र लैङ्गिक हिंसा निवारण: रु १ करोड १५ लाख ७५ हजार
- खानेपानी, सरसफाई र सामुदायिक विकास: रु ७५ लाख ३६ हजार
३. आर्थिक विकास: रु ३ करोड २६ लाख ३७ हजार
- पशुपन्छी तथा भेटनरी र उद्यमशीलता विकास: रु २ करोड ६ लाख ५० हजार
- कृषि, सहकारी र रोजगार प्रवर्द्धन: रु ७९ लाख ४७ हजार
- पर्यटन, सार्वजनिक निजी साझेदारी, सुरक्षित आप्रवासन र उपभोक्ता हित: रु ४० लाख ४० हजार
४. सुशासन, वन वातावरण तथा प्रशासनिक खर्च
- कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च: रु ७६ करोड २८ लाख ७८ हजार
- सुशासन तथा संस्थागत विकास: रु २ करोड ९३ लाख १० हजार (राजस्व व्यवस्थापन, न्यायिक, नगर प्रहरी, सूचना प्रविधि र सञ्चार समेत)
- वन वातावरण तथा विपद् व्यवस्थापन: रु २ करोड ५९ लाख ६० हजार (फोहरमैला व्यवस्थापनमा रु १ करोड २८ लाख र विपद् व्यवस्थापनमा रु ९६ लाख समेत)
महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठका अनुसार यस अधिवेशनमा विभिन्न विधेयक र समितिहरूका प्रतिवेदनमाथि छलफल हुनुका साथै विभिन्न समयमा भएका बैठकका निर्णयहरूको अनुमोदन समेत गरिनेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




