पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि हुने

-



     सफल आवाज    
     असार १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ असार । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एकआपसमा गाभिएर (मर्ज भई) यही असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुवै संस्थाको मर्जरसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत व्यवसाय सञ्चालन हुन लागेको हो ।

मर्जरपछि बन्ने एकीकृत संस्थाको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहने तय भएको छ । सम्झौता बमोजिम समृद्धि फाइनान्सको सम्पूर्ण सम्पत्ति (Assets) र दायित्व (Liabilities) पोखरा फाइनान्सले सकार्नेछ ।

बैंकिङ सेवा र शेयर कारोबार रोक्का सम्बन्धी जानकारी:

  • असार २५ गते सेवा बन्द: एकीकृत कारोबारको अन्तिम तयारी र डाटा माइग्रेसन लगायतका प्राविधिक कार्यका लागि असार २५ गते एक दिन दुवै वित्तीय संस्थाका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन् ।
  • असार २६ गतेदेखि शेयर कारोबार रोक्का: मर्जर प्रक्रियाका कारण आगामी असार २६ गतेदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रोक्का रहने जानकारी दिइएको छ ।

मर्जरपछि संस्थाको पुँजीगत आधार थप बलियो हुने र ग्राहकहरूले अझ परिष्कृत वित्तीय सेवा पाउने अपेक्षा गरिएको छ ।