
चितवन, १५ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) अनुगमनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये ८९ अङ्कसहित पहिलो भएको छ ।
त्यसैगरी, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७७ अङ्कसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्क प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएका छन् । ललितपुरस्थित पाटन अस्पतालको भने हाल मापन भइरहेको महाशाखाले जनाएको छ ।
मन्त्रालयले देशभरका १४ वटा संघीय अस्पतालहरूको सेवा प्रवाह र गुणस्तर परीक्षणका लागि कुल १ हजार ४ सय ९७ वटा विभिन्न सूचकहरूलाई आधार बनाएको थियो ।
अनुगमन टोलीका संयोजक डा. श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालले देशभरका संघीय अस्पतालहरूमध्ये उत्कृष्ट सेवा प्रवाह गरिरहेको छ । गत वर्ष ८८ अङ्क ल्याएको भरतपुरले यस वर्ष आफ्नो गुणस्तरमा थप सुधार गरेको हो ।
सेवा सुधार र चुनौती
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिरामीले पाउने सेवा सुविधा, उपकरण, सरसफाइ, औषधि र जनशक्तिको अवस्थालाई चुस्त दुरुस्त राखिएकाले अस्पताल पहिलो स्थानमा आउन सफल भएको बताउनुभयो ।
कुल ६०० श्यया क्षमता रहेको यस अस्पतालमा हाल दैनिक २ हजार ५०० देखि ३ हजारसम्म बिरामीहरू बहिरङ्ग (ओपिडी) सेवाका लागि आउने गर्दछन् । जिल्लाका निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी भरतपुर अस्पतालमा बिमाका बिरामीहरूको चाप अत्यधिक बढेको छ ।
अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गरिरहेको भए पनि सीमित स्रोतसाधन र बिरामीको उच्च चापका कारण सोचेजस्तो सेवा दिन अझै चुनौती रहेको डा. बगालेको भनाइ छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




