
काठमाडौँ, २३ असार । सताकाे सेयर काराेबार हुने दाेश्राे दिन मङ्गलबार नेपाली सेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर २ हजार ६५१ दशमलव ६९ मा पुगेको छ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३३ अङ्कले बढेर ४६० दशमलव ६१ मा पुगेको छ। यसैगरी, फ्लोट सूचक १ दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुग्दा सेन्सेटिभ फ्लोट सूचक भने १ दशमलव ५७ अङ्कको वृद्धिसहित १५६ पुगेको छ।

साढे ४ अर्बको सेयर खरिद-बिक्री
बजारमा आज कारोबार रकम र संख्या दुवैमा उत्साह देखिएको छ। दिनभरिमा विभिन्न कम्पनीका कुल ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ मूल्यमा खरिद-बिक्री भएको छ।
१३ वटै उपसमूहमा हरियाली
आजको बजारको मुख्य विशेषता सबै क्षेत्रमा आएको सुधार रह्यो। नेप्सेमा सूचीकृत कुल १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
नाफा कमाउने र गुमाउने कम्पनीहरू:
- कमाउनेहरू: आज कलङ्गा हाइड्रो लिमिटेड, आरबिबी फोकस ४० म्युचुअल फण्ड, र सानीगढ हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्।
- गुमाउनेहरू: अर्कोतर्फ, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिटिजन बैंकको डिबेञ्चरका लगानीकर्ताहरूले भने आज गुमाउनु परेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




