
काठमाडौं, २४ असार । सरकारले नेपाल सरकारको मुख्यसचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएको हो।
मुख्यसचिव नियुक्तिका अतिरिक्त बैठकले शिक्षा, स्वास्थ्य, प्रशासन र मानव अधिकार क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण नियमावली तथा कार्ययोजनाहरू स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू:
- प्रमुख नियुक्तिहरू: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्नुका साथै काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
- गेटा अस्पतालसम्बन्धी निर्णय: कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
- शैक्षिक क्षेत्रका नयाँ नियमावली: बैठकले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ र ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ।
- प्रशासनिक तथा कानुनी सुधार: कारागार व्यवस्थापनलाई थप परिमार्जित गर्न ’कारागार नियमावली, २०८३’ स्वीकृत गरिएको छ।
- राष्ट्रिय कार्ययोजना र रणनीति: मानव अधिकारको प्रवर्द्धनका लागि ‘मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना’ र सुशासन प्रवर्द्धनका लागि ‘भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।
यी निर्णयहरूले मुलुकको प्रशासनिक नेतृत्वलाई पूर्णता दिनुका साथै स्वास्थ्य, शिक्षा र कानुनी क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने सरकारले विश्वास लिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




