
पोखरा, २६ असार । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्।
दुई फाइनान्सबीच गाभ्ने/गाभिने कार्य सफलतापूर्वक सम्पन्न भएपछि अब ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट संयुक्त कारोबार शुभारम्भ भएको हो।
नेप्सेद्वारा सेयर कारोबार रोक्का
एकीकृत कारोबार सुरु भएसँगै दुवै फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ। नेप्सेले असार २५ गते एक सूचना जारी गर्दै दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम असार २६ गतेदेखि लागू हुने गरी दुवै फाइनान्सको सेयर कारोबार रोक्का राख्ने निर्णय गरिएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




