
काठमाडौं, १३ साउन । व्यवसायी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ परेका गोल्छालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले थुनछेक बहसपछि गोल्छाविरुद्ध लगाइएका दुईवटा कसुरमा छुट्टाछुट्टै धरौटी तोकेको छ।
अदालतको आदेश अनुसार:
- बिमा सम्बन्धी कसुरमा: ७५ लाख रुपैयाँ
- धितोपत्र सम्बन्धी कसुरमा: २५ लाख रुपैयाँ
कुल १ करोड रुपैयाँ धरौटी रकम निर्धारण गरिएपछि गोल्छा सो रकम बुझाएर रिहा भएका हुन्।
बिमा र धितोपत्र सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सीआईबीले गोल्छालाई सोमबार नियन्त्रणमा लिएको थियो। अदालतको आदेश अनुसार धरौटी बुझाएपछि उनी मंगलबार रिहा भएका हुन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




