कुमारी बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

-



     सफल आवाज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ साउन । कुमारी बैंक लिमिटेडले साढे २ लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

उक्त शेयर हालका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

आवेदन दिने स्थान र प्रक्रिया

इच्छुक संस्थापक शेयरधनीहरूले शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड (नक्साल, नागपोखरी, काठमाडौं) वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय (टंगाल, काठमाडौं) मा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेता (सम्बन्धित शेयरधनी) ले तोके बमोजिम हुने बैंकले स्पष्ट पारेको छ।

तोकिएको ३५ दिनको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य सर्वसाधारण वा व्यक्ति तथा संस्था (संस्थापक बाहिर) लाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।