
काठमाडौं, १४ साउन । साताको चौथो कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि जारी गिरावटले यस दिन पनि निरन्तरता पाएको हो।
बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घट्दै २६७२.५८ विन्दुमा झरेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंकले ओरालो लागेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन कुल ३३७ स्टकको ४४ हजार ६५१ पटकको कारोबारमा ७५ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भए।
शीर्ष कमाउने र गुमाउने कम्पनीहरू
बजारमा समग्र गिरावट आए पनि एभरेष्ट कलर कम्पनीको शेयरमा भने निरन्तर नवौँ कारोबार दिन सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य प्रतिकिल्ला १४८ रुपैयाँ ५० पैसाले बढेर १ हजार १३८ रुपैयाँ ६० पैसा पुगेको छ।
अर्कोतर्फ, कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९९ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
कारोबार रकममा रिलायन्स स्पिनिङ्ग अगाडि
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहन सफल भयो। सो कम्पनीको २४ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको करिब साढे १५ करोड र रिडी पावर कम्पनीको साढे १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सबै उपसमूह राताम्मे
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। बाँकी उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




