
काठमाडौं, १४ साउन। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका जटिल समस्या समाधानका लागि अनुभवी नेताहरू र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि विगतका उतारचढाव झेलेका र लोकतन्त्रका लागि दशकौँ जेलनेल भोगेका क्षमतावान् नेताहरूको अनुभव महत्वपूर्ण हुने बताए।
प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले ‘आफू मात्रै पर्याप्त छु’ भन्ने सोच र अहंकारले काम गरिरहेको भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे। नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलहरूसँग रहेको लामो संघर्ष र शासन सञ्चालनको अनुभव वर्तमान सरकारका लागि मार्गदर्शक हुनसक्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा दाहालले भने, “नेपालमा कठिन परिस्थितिमा देशलाई निकास दिने क्षमता भएका र ७० वर्षसम्म जेल, यातना सहेका नेताहरूको अनुभव हाम्रो सम्पत्ति हो। उहाँहरूको अनुभव लिन र संवाद गर्न प्रधानमन्त्रीलाई केले रोकेको होला? मलाई पनि एकपटक बोलाएर ‘तपाईंले भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्नुभएको थियो, सफल हुन केले दिएन?’ भनेर सोध्न सकिन्थ्यो।”
प्रतिपक्षलाई अवमूल्यन गर्ने, अपमानित गर्ने र संवादबाट टाढा भाग्ने प्रवृत्तिले अन्ततः राष्ट्र, जनता र स्वयं सरकारलाई नै संकटमा पार्ने चेतावनी दिँदै उनले जनताका सबै वर्ग, तह र तप्कालाई समेटेर उदार मनका साथ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




