
काठमाडौं, १४ साउन । सिरहाको गोलबजारमा कर्फ्यू जारी रहेकै अवस्थामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैयास्थित तुलसीपुरका गणेश यादव रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कर्फ्यू उल्लंघन गर्दै भएको प्रदर्शनका क्रममा यादवलाई गोली लागेको हो। घटनामा अन्य एक जना घाइते भएका छन्।
घटनापछि प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।
प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको दाबी गरेका छन्। यता, प्रशासनले भने प्रहरीबाट गोली नचलाइएको दाबी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस (टियर ग्यास) मात्र प्रयोग गरेको जानकारी दिए।
घटनापछि गोलबजार क्षेत्रको स्थिति थप तनावग्रस्त बनेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




