
काठमाडौं,१६ साउन। सरकार र लघुवित्त पीडितबिच ५ बुँदे सम्झौता सम्पन्न भएको छ। अर्थ मन्त्रालय, सुवर्णहलमा मिति २०८३/०४/१५ गते बसेको वार्ता टोलीका पदाधिकारी र ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’का प्रतिनिधिहरूबिच सहमति भएसँगै पीडितहरूले देशभर सञ्चालन गर्दै आएका सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्।
नेपाल सरकार, माननीय अर्थमन्त्रीस्तरको मिति २०८३/०४/१४ को निर्णयानुसार गठित वार्ता टोली र सङ्घर्ष समितिसिच विभिन्न ५ बुँदामा सहमति भएको हो।
सहमति भएका मुख्य ५ बुँदाहरू:
१. प्रतिवेदन कार्यान्वयन: लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको मिति २०८१/०४/२२ को प्रतिवेदन कार्यान्वयन कार्ययोजनासहित कार्यान्वयनका लागि १५ (पन्ध्र) दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गर्ने।
२. ऋणीहरूको पुनरुत्थान र पुनरावलोकन: समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन एवं कालोसूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयनयोग्य विकल्प सहित प्रतिवेदनमा सिफारिस गर्ने।
३. मार्गदर्शनको पूर्ण कार्यान्वयन: ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन, २०८१ को पूर्ण कार्यान्वयन गर्ने र सो को नेपाल राष्ट्र बैंकले कडाइका साथ अनुगमन गर्ने।
४. कानून विपरीतका कार्यमाथि कारबाही: लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उपर प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने।
५. आन्दोलन अन्त्य: लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिको तर्फबाट देशभर जारी रहेका सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू आजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने।
सहमति पत्रमा अर्थ मन्त्रालयका वार्ता टोलीका प्रतिनिधिहरू र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




