
काठमाडौं, १८ साउन । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा, आम्दानी, लाभांश क्षमता र प्रतिशेयर आम्दानी (EPS) मा आकर्षक सुधार देखिएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ करोड १४ लाख रुपैयाँ रहेको नाफाको तुलनामा यो ४९.१८ प्रतिशतको वृद्धि हो। नाफामा आएको सुधारसँगै लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७ करोड ८ लाख रुपैयाँबाट बढेर ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा वृद्धि भएसँगै संस्थाको सञ्चालन नाफा पनि अघिल्लो वर्षको १० करोड ५४ लाख रुपैयाँबाट बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ।
आकर्षक लाभांश क्षमता
नियमनकारी समायोजन तथा अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा समायोजन पश्चात् गत असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ पुगेको छ। ३४ करोड १० लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा कायम भएको छ, जसले शेयरधनीहरूका लागि आकर्षक लाभांशको बलियो सम्भावना देखाउँछ।
व्यवसाय तथा वासलातको आकार
हिमालयन बैंकको अभिभावकत्वमा सञ्चालित यस लघुवित्तको समग्र व्यावसायिक आकारमा पनि विस्तार भएको छ:
- कुल सम्पत्ति: ५ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ६ अर्ब १४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
- निक्षेप तथा सापटी: ४ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ।
- कर्जा प्रवाह: ४ अर्ब ८९ करोड रुपैयाँबाट विस्तार भई ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
हाल लघुवित्तको सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष २९ करोड १७ लाख २३ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा संस्थाको खराब कर्जा बढेर ९.०४ प्रतिशत पुगेको भए पनि त्यसलाई प्रभावकारी रूपमा असुली गर्न सके आगामी दिनमा लगानीकर्तालाई उत्कृष्ट प्रतिफल सुनिश्चित हुने देखिन्छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




