बाआमा कन्सल्टेन्सिले साउन २३ मा मन्थली इन्भेस्टर मिट गर्दै

-



     सफल आवाज    
     श्रावण २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ साउन। बाआमा कन्सल्टेन्ट सर्भिस प्रालिको आयोजनामा ‘मन्थली इन्भेस्टर मिट: सिजन १’ (Monthly Investor Meet – Season 1) सञ्चालन हुने भएको छ। उक्त कार्यक्रम २०८३ साउन २३ गते ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिपमा आयोजना गरिने भएको हो।

नेपाली सेयर बजारका लगानीकर्ताहरूलाई बजारका नयाँ प्रवृत्ति, सर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ र नेटवर्किङको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

‘नेपालको पुँजी बजार: वर्तमान परिदृश्य, चुनौती, समाधान र सर्ट सेलिङ तथा इन्ट्राडे ट्रेडिङको भविष्य: जोखिम कि नयाँ अवसर?’ विषयमा केन्द्रित रहेर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुनेछ।

प्रमुख आकर्षणहरू:

  • प्यानलिस्टहरू: अनुभवी बैंकर पर्शुराम कुँवर क्षेत्री, व्यवसायी तथा भू-राजनीतिक/आर्थिक विश्लेषक अरुणकुमार सुवेदी र अन्तर्राष्ट्रिय पुँजी बजार विज्ञ मुक्ति अर्यालले बजारको वर्तमान अवस्था र भावी रणनीतिबारे विचार मन्थन गर्नेछन्।
  • की-नोट स्पीकर: पुँजी बजार विश्लेषक अजित खनालले कार्यक्रममा मुख्य वक्ता (Keynote Speaker) को रूपमा आफ्नो प्रस्तुति दिनेछन्।