
काठमाडौं, २१ साउन । ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१० करोड २० हजार रुपैयाँ) तुलनामा ९०५.७५ प्रतिशतको फराकिलो वृद्धि हो।
नाफा वृद्धिको मुख्य कारण
ब्याज आम्दानीमा भएको सामान्य सुधारका साथै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफामा ठूलो उछाल आएको हो।
- इम्पेरमेन्ट चार्ज: अघिल्लो आर्थिक वर्षमा ८७ करोड ८५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा ३० करोड १२ लाख रुपैयाँ रिभर्स भएको छ।
- निष्क्रिय कर्जा (NPL): बैंकको खराब कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ।
प्रमुख वित्तीय सूचकहरू
- खुद ब्याज आम्दानी: ११.७७ प्रतिशतले वृद्धि
- कुल सञ्चालन आम्दानी: १३.८८ प्रतिशतले वृद्धि
- वितरणयोग्य मुनाफा: १४ करोड ४३ लाख रुपैयाँ
- प्रतिशेयर आम्दानी (EPS): २० रुपैयाँ ६१ पैसाले बढेर २२ रुपैयाँ ८८ पैसा
- प्रतिशेयर नेटवर्थ: १७० रुपैयाँ ९७ पैसा
- मूल्य आम्दानी अनुपात (P/E Ratio): १४.८२ गुणा
पुँजी, निक्षेप तथा कर्जाको अवस्था
४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्मको अवधिमा बैंकले कुल ६७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




