
काठमाडौं, २२ साउन। प्रतिनिधिसभा बैठकको गरिमा, मर्यादा र अनुशासनलाई कायम राख्न सांसदहरूलाई हलभित्र सेयर कारोबार गर्न प्रतिबन्ध लगाइएको छ।
संसद् बैठकमा तोकिएको ड्रेसकोड, आधिकारिक लोगो र चिकित्सकको सिफारिसविनाको चस्मा प्रयोगमा समेत कडाइ गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को अनुशासन र मर्यादालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै उक्त निर्देशन दिइएको हो।
मुख्य निर्णयहरू:
- सेयर कारोबारमा रोक: संसद् बैठक चलिरहेका बेला मोबाइल तथा ल्यापटपमार्फत सेयर कारोबारलगायत बैठकको मर्यादाविपरीत हुने कुनै पनि गतिविधि गर्न पाइने छैन।
- पोशाक र लोगो अनिवार्य: सबै सांसदहरूले निर्धारित ड्रेसकोडको पूर्ण पालना गर्नुपर्नेछ भने संसद्को आधिकारिक लोगो अनिवार्य रूपमा लगाउनुपर्नेछ।
- चस्मा प्रयोगमा कडाइ: चिकित्सकले सिफारिस गरेको अवस्थाबाहेक बैठकमा अन्य प्रकारका (विशेषगरी कालो) चस्मा लगाएर उपस्थित हुन नपाइने व्यवस्था गरिएको छ।
पछिल्लो समय संसद्भित्र केही सांसदहरूको पोशाक र चस्माको प्रयोगलाई लिएर टिप्पणी र बहस सुरु भएपछि सभामुखले यो कदम चालेका हुन्।
सभामुख अर्यालले सम्बन्धित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आफ्ना सांसदहरूबाट यी नियम र अनुशासनको पूर्ण पालना गराउन विशेष आग्रह गर्नुभएको छ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को समग्र सञ्चालनलाई थप व्यवस्थित र मर्यादित बनाउने विषयमा समेत व्यापक छलफल भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




