कुमारी क्यापिटलद्वारा ३ योजनाको लाभांश घोषणा

-



     सफल आवाज    
     श्रावण २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ साउन । कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित ‘कुमारी सामूहिक लगानी कोष’ अन्तर्गतका तीन वटा बन्दमुखी (क्लोज-इन्डेड) योजनाहरुको लाभांश घोषणा गरेको छ।

क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।

कुन योजनाको लाभांश कति?

  • कुमारी इक्विटी फण्ड: १० प्रतिशत नगद लाभांश (करसहित)
  • कुमारी धनवृद्धि योजना: १० प्रतिशत नगद लाभांश (करसहित)
  • कुमारी सबल योजना: २.९० प्रतिशत नगद लाभांश (करसहित)

भदौ ४ गते बुकक्लोज

घोषित लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ ४ गते (बिहीबार) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार भदौ ३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरु मात्र क्यापिटलद्वारा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।