
काठमाडौं, २२ साउन। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षसम्म नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा उल्लेख्य सुधार गर्दै नाफा कमाएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो। विद्युत बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको गिरावटका कारण कम्पनी नाफामा जान सफल भएको हो।
मुख्य वित्तीय सूचकहरु:
- विद्युत बिक्री आम्दानी: २३.३४% ले बढेर ४३ करोड ११ लाख रुपैयाँ
- कुल नाफा: ३०.३४% को वृद्धि
- सञ्चालन मुनाफा: ५१.१३% को वृद्धि
- वित्तीय खर्च: २१.४०% ले कमी
प्रतिशेयर आम्दानी र नेटवर्थ
कम्पनी नाफामा गएसँगै प्रतिशेयर आम्दानी (EPS) पनि धनात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षमा ६८ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी सुधार भई ११ रुपैयाँ १३ पैसा (धनात्मक) पुगेको छ।
त्यस्तै, गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा कायम भएको छ। हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




