
सिन्धुपाल्चोक, २५ साउन । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
विभिन्न स्थानमा गएको भीषण पहिरोका कारण नाकातर्फ जोड्ने मुख्य सडकखण्ड बिग्रेपछि दुई देशबीचको वैदेशिक व्यापार गम्भीर रूपमा प्रभावित बनेको छ।
सडक संरचना क्षतिग्रस्त भएपछि चीनबाट व्यापारिक मालसामान बोकेर आएका कन्टेनरहरू सीमापारि नै रोकिएका छन्। जसका कारण तातोपानी हुँदै हुने नेपाल–चीन द्विपक्षीय व्यापार ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार सडक सञ्जाल विच्छेद भएकाले चीनतर्फबाट कुनै पनि मालवाहक कन्टेनर नेपाल भित्रिन पाएका छैनन्।
लगातारको पहिरो र सडक कटानका कारण अवरुद्ध बनेको उक्त राजमार्ग कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने अझै टुंगो लाग्न सकेको छैन।
तातोपानी नाका लामो समयदेखि ठप्प रहँदा चीनबाट आयात हुने खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली नै प्रभावित भएको छ। यसले गर्दा बजारमा सामानको अभाव हुनुका साथै समग्र व्यापारिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। सडक मर्मत भई पूर्ण रूपमा सञ्चालनमा नआएसम्म नाकाबाट हुने नियमित आयात–निर्यात सुचारु हुन नसक्ने भन्सार अधिकारीहरूले बताएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




