
काठमाडौं, २५ साउन। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।
कम्पनीले समीक्षा अवधि (असार मसान्त) सम्ममा २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको नाफा (११ करोड ३२ लाख रुपैयाँ) को तुलनामा ८४.४१ प्रतिशतले बढी हो।
विद्युत बिक्री आम्दानीमा सामान्य सुधार आए तापनि वित्तीय खर्चमा भारी गिरावट आएपछि कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।
वित्तीय विवरणका मुख्य सूचकहरू:
- विद्युत बिक्री आम्दानी: १.९७ प्रतिशतले वृद्धि।
- कुल नाफा: २.२६ प्रतिशतले वृद्धि।
- वित्तीय खर्च: २९.५८ प्रतिशतले कमी।
- प्रतिशेयर आम्दानी (EPS): ७ रुपैयाँ ७ पैसाले बढेर १५ रुपैयाँ ४६ पैसा पुगेको।
- प्रतिशेयर नेटवर्थ: ११९ रुपैयाँ २ पैसा।
- मूल्य आम्दानी अनुपात (P/E Ratio): ३१.६२ गुणा।
- चुक्ता पूँजी: १ अर्ब ३५ करोड रुपैयाँ।
- अन्य इक्विटी: २५ करोड ६७ लाख रुपैयाँ।
वित्तीय खर्च नियन्त्रणमा आएपछि कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुवैमा आकर्षक सुधार देखिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




